गोपनीयताको नीति
परिचय र सामान्य शर्तहरू
तपाईँ गुरुकुल नेपालको सेवाहरू उपयोग गरिरहनु भएको छ तपाईँ एवं तपाईँको गुरुकुल परिवारको निजी जनकारीको सुरक्षाको लागि हामी प्रतिबद्ध छौँ ।
मेरो बारे गुरुकुल नेपालले के कस्तो जानकारी सङ्कलन गर्छ?
· जब तपाईं गुरुकुल नेपालको वेबसाइटमा उपलब्ध सेवा लिन चाहनुहुन्छ त्यतिबेला हामी तपाईंको व्यक्तिगत जानकारीहरू माग्न सक्छौं। त्यस्ता जानकारीमा तपाईंको नाम, इमेल ठेगाना, हुलाकी ठेगाना, टेलिफोन वा मोबाइल नम्बर र जन्म मिति इत्यादी पर्दछन्।
· भनिएको स्थानमा आफ्नो बारेमा जानकारी भरेर तपाईंले गुरुकुल नेपाल र यसका सेवा प्रदायकहरूलाई आफूलाई चाहिए अनुसारको सेवा प्रदान गर्न सहयोग गर्नुहुनेछ।
· गुरुकुल नेपालले कुकीहरू पनि प्रयोग गर्छ। कुकी भनेको डेटाको सानो मात्रा हो जसमा तपाईंको अनलाईनचयनका बारे जानकारी रेकर्ड भएको हुन्छ र त्यसबाट हामीलाई हाम्रो वेबसाइट तपाईंको चाहना अनुसार बनाउन सहयोग पुग्दछ।
· त्यसरी नै हामी IP Address पनि संकलन गर्छौं। IP Address भनेको त्यस्तो अङ्क हो जस्ले इन्टरनेटमा जोडिएको कम्प्युटर वा नेटवर्क यन्त्रलाई विशिष्ट रूपमा पहिचान गर्न सक्छ।
· तपाईंको प्रयोगको अनुभवलाई राम्रो तुल्याउने उद्देश्यले IP Address र कुकीहरू हेर्न हामी एकप्रकारको विश्लेषक सफ्टवेयरको प्रयोग गर्छौं।
· हामी तपाईंको IP Address को प्रयोग तपाईंले नेपाल अधिराज्य भित्र वा बाहिर कहाँबाट हाम्रो सेवा लिइरहनु भएको छ भन्ने यकिन गर्न पनि गर्छौं।
· यदि तपाईं १६ बर्ष वा त्यो भन्दा कम उमेरको हुनुहुन्छ भने गुरुकुल नेपालको वेबसाइटहरूमा आफ्नो नीजि जानकारीहरु दिंदा आफ्नो अभिभावक अनुमति पहिले लिनुहोला। त्यस्तो स्वीकृति नलिएका प्रयोगकर्ताहरूले हामीलाई आफ्नो नीजि जानकारीहरू दिन पाउंदैनन्।
गुरुकुल नेपालले मेरो बारेमा संकलन गरेको जानकारीको प्रयोग कसरी गर्छ?
· "सेवा र प्रशासनिक प्रयोजन" लगायत विभिन्न कारणका लागि मात्र गुरुकुल नेपालले तपाईंको व्यक्तिगत जानकारीहरूको प्रयोग गर्छ। गुरुकुल नेपालले तपाईंले लिन चाहनुभएको सेवाका सम्बन्धमा तपाईंलाई सम्पर्क पनि गर्न सक्छ।
· कानूनी रूपमा आवश्यक परेको वा अनुमति भएको खण्डमा बाहेक हामी तपाईंको जानकारीहरू गोप्य राख्नेछौं।
· यदि तपाईंले गाली गलौज, अनुपयुक्त वा निषेध गर्नुपर्ने सामग्रीहरू पठाउनुभयो भने अथवा कुनै पनि ध्वंशात्मक कार्य गर्नुभयो भने, गुरुकुल नेपालले तपाईंको नीजि जानकारीहरूको प्रयोग त्यस्ता कार्यलाई रोक्नका लागि गर्न सक्नेछ।
गुरुकुल नेपालले मेरो जानकारी कति समयसम्म राख्नेछ?